Nirajan र Nishaको प्रेम फक्रिएको पनि एक वर्षवितिसकेको छ । उनिहरु दुवै जना आजभोलि डेटिङका लागि सराङकोट पुग्ने गर्छन् । मुसुक्क्क मुस्कुराएको सेतो हिमाल हेदै उनिहरु मायाको भिन्नै संसारमा रमाइरहेका हुन्छन् । अहिले उनिहरु जस्तै युगल जोडीहरु यसरी नै नया र एकान्त स्थल खोज्दै हिडछन् । डेटिङका लागि पोखराको लभ्ली हिल, सराङकोट, लेकर्साईड पारीको डाडो पामे उपयुक्त मानिन्छ । यी ठाउँमा प्रेमका जोडीहरु प्रेमालाप र रोमान्समा मस्त भएका भेटिन्छन् ।
समयको अप्रत्यासित परिवर्तन संगै अहिले आएर मायाप्रेमले ठुलो महत्व पाउदै गएको छ । भर्खर प्रेममा वाँधिन लागेका जोडीहरु हन् या प्रेमलाई साकार रुपमा वनाइसकेका जोडीहरु नै किन नहुन उनिहरुलाई एकान्त र मनमोहक वातारण नै चाहिन्छ । त्यही भएर त डेटिङका लागि उनिहरु यस्तै स्थानहरुको खोजी गदै हिडने गरेका छन् । तर आजभोलि डेटिङ जान प्रेमी प्रेमीका मात्र हुनु पदैन । मन मिलेपछि जो संग पनि जाने चलन व्यापक रुपमा चलेको छ । आफनो नाम छिपाउदै एक तन्नेरीले भने- म त मन मिलेपछि जो संग पनि डेटिङमा जान्छु ।
यस्तो ठाउँमा कसैले देख्छ भन्ने डर त्रास केही हुदैन । दिल फुकाएर एक अर्काको भावना साटन पाईन्छ । एकान्त र रमाइलो वातावरणमा प्रेमका कुरा गर्न पाउदा युवायुवतिहरु मख्ख हुन्छन् । यस्तो वेला प्रेमजोडीले नूतन अनुभूति गर्छन् । आफुले आफुलाई भुल्ने गर्छन् । संसार नै विर्सिएको अनुभव गर्छन् । 'सुन्दर र एकान्त स्थल डेटिङका लागि उपयुक्त हुने गरेको छ डेटिङ विनाको प्रेम सफल पनि हुन सक्दैन । अहिले प्रेमका पुजारीहरुलाई डेटिङ जानु अनिवार्य भएको छ । वाध्यता नभएर अनिवार्य भएको छ उनिहरुलाई ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment